Published 2 years ago in Poetry & Storytelling

kavya

  • 65
  • 1
  • 0
  • 3
  • 2
  • 0

patient love

Lyrics

माया मेरो, थाहा छैन तिमी कहाँ, कहाँ छौ?
खोजि हिँड्नु हो! पागलपन मेरो, थाहा छैन कहाँ भेटिने छौ
माया मेरो, थाहा छैन तिमी कस्ती छौ?
सोंची रहनु हो! पागलपन मेरो, थाहा छैन कहाँ बाँची रहेछौ
कति- कति छन् सुनाउन तिमीलाई मेरो सपनाबारे
अनि कति होलान तिम्रै सपनाहरु
म सुनी रहन्छु, सुनी नै रहन्छु म

माया मेरो, गुम्सि रहेछु आफै भित्र म
धेरै हाँसे झुटो अब तिमी संगै खुलेर हाँसु म
तिमी पनि खोज्दै होलाउ आफैले चाहे जस्तो हुन
सबै कुराहरु संगालेर मनैबाट मुस्कुराउन
कति- कति बितायौ होला सुख- दु:खका पलहरु
अनि कति बिताएँ म आफै पनि एक्लो दिन, अनिन्दो रातहरु
तिमी बिना, तिमी आउन

माया मेरो अब त आई छरिदेउन अनेकौं रंग जीवनमा
माया मेरो अब त आई बर्साइदेउन खुशीको झरी ममा

तिमी पनि चाहन्छौ होला मेरो हात समाई हिँड्न
अनि थाके पछि संगै बसेर जुन- तारा हेर्न
कति- कति बित्दैछ समय तिम्रो- मेरो हेरन
अझै कति लाग्ने हो समय तिमीलाई भेट्न
म पर्खि रहन्छु, पर्खिनै रहन्छु म

00:02

i am a big fan of your music jeep it up👍👍👍

00:02

congratulations patchwork

::
/ ::

Queue

Clear