Publicerad 3 år sedan i Övrig

swatantra

  • 100
  • 2
  • 0
  • 5
  • 0
  • 0

free yourself from your own mind

Text

यो मन मेरो भागी हिँड्छ खै कहाँ?
रहर त हुन्छनै एउटै जीवन हो मेरो
यो मन फेरी सम्हालिदैन आफै यहाँ
डर त हुन्छनै एउटै माया हो मेरो
यो साँझमा उज्यालो-अँध्यारो नछुटिए जस्तै
आफैमानै धेरै कुराहरु स्पष्ट छैन
आवाज मेरो नासुनेनि बोलि रहेछु म चुपचाप
आफै देखि म आफैलाई पारु कसरी स्वतन्त्र?

यो मनले मलाई रोकी दिन्छ भाग्दा-भाग्दै
तिमी पनि अल्झिन्दैछौ कि अलिकति सम्झनामा मेरो
आफैमा फेरी जली रहन्छ खेद केही
त्यो वन् डढ़ेको देखला बरु कतै
देख्न सक्दैन मनको डढ़ेलो
यो झरीमा भिजेको कागजको अक्षर जस्तै
आफैमानै कति कुराहरु स्पष्ट छैन
आदि हुरी म भित्रै छ बाहिर छु म सुनसान
आफै देखि म आफैलाई पारु कसरी स्वतन्त्र?

सपनीमा देखेको कहानी र त्यो ठाउँ जस्तै
आफैमानै धेरै कुराहरु स्पष्ट छैन
व्यथाहरु म भित्रै छ बाहिर छैन आँसु पनि
आफै देखि म आफैलाई पारु कसरी स्वतन्त्र?

::
/ ::

Klar